काठमाडौँ ,११ माघ । टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रबिन्दु भएर गएको बिबिसीले बताएका छन् ।
शनिवार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ ।
भूकम्पबाट टर्की स्थित भवनहरूमा उत्तिकै क्षति पुग्नुको साथै भूकम्पको ठुलो धक्कापछि ६० भन्दा बढी पराकम्पहरू गएका छन् ।
टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्प पीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।