करिब ६ करोड मूल्यको चिनी बजार लैजान खोज्दा स्थानीय किसानको अवरोध


काठमाडौँ ,११ माघ । सर्लाहीको धनकौल–३ मा रहेको अन्नपूर्ण चिनी मिलले करिब ६ करोड मूल्यको चिनी बजार लैजान खोज्दा स्थानीय किसानहरूले अवरोध गरेका छन् ।

चिनी काठमाडौँ लैजान लाग्दा १० वटा ट्रकमा स्थानीय किसानहरूले अवरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अवरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताएका छन् ।

स्थानीयले चिनी लैजान नदिन सडकमा खाल्डो खन्नुको साथै मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढुङ्गा समेत हानिएको जीसीले बताए ।

उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियो ।

प्रतिक्रिया दिनुहोस्