केराबारी, १० माघ / मोरङको केराबारी गाउँपालिका कार्यालयको परिसरमामा बम विस्फोट भएको छ । शुक्रवार बेलुकी करिव ९ : १५ मा बम विस्फोट भएको केराबारी गाउँपालिकाका उपप्रमुख शान्ति चेम्जोङ भुजेलले जनाएकी छिन ।
उनले फोटो सहित आफ्नो फेसबुक आइडी मार्फत सार्वजनिक गरेकी छिन । फोन मार्फत पनि बम नै विस्फोट भएको उनले बताएकी छिन । कार्यालय परिसरमा अज्ञात समूहबाट बम विस्फोट हुँदा भवनमा क्षति भएको छ भने मानवीय क्षति केही नभएको उपप्रमुख शान्तिले जनाएकी छिन । उनका अनुसार, ठुलो आवाजमा विस्फोट हुँदा कार्यालय छेउछाउका घरहरूको झ्यालको सिसा पनि फुटेको छ ।
घटना स्थलमा प्रहरी पुगेको र एक सङ्कास्पत बस्तु भेटिएको हुँदा डिस्पोजल टोलीको पर्खाइमा रहेको उनले बताइन ।