अस्ट्रेलिया, ९ माघ । चार महिनादेखि जारी अस्ट्रेलियाको भीषण डढेलो नियन्त्रणमा खटेको विशाल हवाई ट्यान्कर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
उक्त विशाल हवाई ट्यान्कर बिहीबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो । खोजको केही समय पछि नै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
खोजको केही समय पछि नै विमान हिउँयुक्त पहाडमा ठोक्किएको नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले बताएका छन् ।
नर्थ साउथ वेल्सको ग्रामीण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् । कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए । अस्ट्रेलियाको अमेजन जङ्गलमा चार महिनादेखि जारी डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
डढेलोबाट दुई दर्जन बढी सर्वसाधारणको ज्यान गइसकेको छ । यस्तै ५० करोड बढी जङ्गली जनावरको मृत्यु भएको छ ।