भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल ११३ औँ स्थान


काठमाडौँ, ९ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क– २०१९ मा नेपाल ३४ अंकसहित ११३ औँ स्थानमा रहेको सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कूल १०० मा ८७ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक दरिएको छ भने सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा सूचीमा दर्ज भएको छ ।

सीपीआई २०१९ ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापन गरेको छ । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्