बेइजिङ, ८ माघ । चिनमा नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको बताएका छन् ।
यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ, र मृत्यु हुनेहरू सबै मध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले मङ्गलबार मात्र १४९ जनामा भाइरस देखिएको पत्रकार सम्मेलनमा बताएका छन् ।