काठमाडौँ , ८ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ । अमेरिकी सिनेटमा ट्रम्पविरुद्ध पेस भएको प्रस्तावमा आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप ट्रम्पमाथि रहेको छ ।
पूर्वउपराष्ट्रपति जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । अमेरिकी तल्लो सदनमा यही आरोपमा महाभियोग सामना गरेका ट्रम्पबारे माथिल्लो सदनमा पनि सुनुवाइ सुरु भएको हो । प्रशासन र युक्रेनबीचका सम्पर्कसम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने संशोधन प्रस्ताव विपक्षीले राखेपनि रिपब्लिकनले त्यसलाई विफल तुल्याइदिएका छन् ।
बिबिसीका अनुसार, दुई प्रस्ताव विफलपछि रिपब्लिकन तथा डेमोक्र्याटहरू महाभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले बहस गरिरहेका छन् ।