युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घटना ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएपनि मृतकको पहिचान नभएको दूतावासले बताएको छ ।
गाडीमा २४ जना सवार मध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।
नेपाली कामदारको अवस्था र विवरण सङ्कलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताएका छन् ।
फरक अस्पतालमा दुर्घटनामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरू उपचाररत अस्पताल पुगेका छन् ।
घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको फरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।
कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको छ ।