नेपाल राष्ट्र बैंका डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुनर्बहाली हुने


काठमाडौँ ,२ माघ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली हुने भएको छ । निलम्बनमा रहेको श्रेष्ठ अनियमितता गरेको आरोपमा कात्तिक १८ गतेदेखि छानबिनमा परेका थिए ।

छानबिन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएपछि अर्थमन्त्रालयले बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरू नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

श्रेष्ठमाथि छानबिन भएको र केही पनि नपाइएको भन्दै उनले सफाइ दिई डेपुटी गभर्नर श्रेष्ठलाई अब पुनर्बहाली भएर कामकाज गर्न बाटो खुला भएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

श्रेष्ठले राष्ट्र बैंकाको नियमन विभाग हेर्दै आएका श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, अनियमित काम गरी आर्थिक लाभ लिएको लगायतका आरोप लागेका थिए ।

डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउँदै अर्थमन्त्रालयले छानबिन गरी कारबाही गर्न भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्