मेगा बैङ्क नेपालले बालबालिकालाई न्यानो कपडा वितरण


उदयपुर, २ माघ ।  मेगा बैङ्क नेपाल लिमिटेडले उदयपुरमा विद्यार्थी बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैङ्कले नेपाल सामाजिक विकास तथा जन सशक्तीकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

बेलकाको सरस्वती आधारभूत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वमन्त्री एवं सङ्घीय सांसद डा। नारायण खड्का र मेगा बैङ्क प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरेका छन् ।

चिसोका कारण विद्यार्थीहरू विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैङ्कले बताएको छ । गत साता मात्रै मेगा बैङ्कले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्