जिल्ला अदालतबाट बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईँलाई पक्राउको अनुमति


काठमाडौँ, २ माघ । जिल्ला अदालत भक्तपुरले बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको छ ।

प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए । आरोप लगाएपछि गिरीले मानहानिको मुद्दा हालेका थिए ।

प्रसाईँलाई सोही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।लगतै प्रहरी भक्तपुर स्थित उनको निवासमा पुगे पनि प्रसाईँ भने फरार रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्