इरानकी ओलम्पिक पदक विजेता किमियाले देश छाड्ने


काठमाडौँ ,२८ पुस । इरानकी २१ वर्षीय महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले सामाजिक सञ्जालमा लेखेर देश छाड्ने घोषणा गरेकी छन् ।

उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कांस्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् । इरानमा प्रताडित लाखौँ महिलाहरूमध्ये आफू पनि एक भएको बताउँदै उनले लेखेकी छन् म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहँदैनन् ।’

किमिया हाल कहाँ छिन् भन्नेबारे आधिकारिक जानकारी छैन । तर इरानी मिडियाहरूले उनी तालिमको सिलसिलामा नेदरल्याण्डमा हुनसक्ने उल्लेख गरेका छन् ।
इरानको आक्रमणबाट युक्रेनको विमान दुर्घटना हुँदा चालक दलका नौ सदस्यसहित १७६ जनाको मृत्यु भएको थियो ।

सुरुमा इरानले विमानमा आक्रमण नगरेको बताएपनि पछि सेना प्रमुखले अमेरिकाले प्रहार गरेको ड्रोन ठानेर भुलबस युक्रेनी विमानमा आक्रमण गरेको भन्दै गल्ती स्वीकारेका थिए । त्यसपछि सरकारी अधिकारीले झुट बोलेको भन्दै इरानी जनता आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्