अमेरिकी सैन्य अड्डामा चार वटा रकेटबाट आक्रमण


काठमाडौँ ,२८ पुस । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल(बलादस्थित एयरबसेमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ ।

इरान र अमेरिकाबिच तनाव बढेपछि यो एयरबसे अमेरिकी सेनाले छाडिसकेका थिए आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अल(असद र इरबिल एयरबसेमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन । अमेरिकी अधिकारीहरुले यो आक्रमणमा इरान समर्थित शिया विद्रोही सङ्गठन हासेदको हात रहेको दाबी गरेका छन् ।

अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबिच तनाव बढेको छ । भोलिपल्ट इरानले १७६ जना सवार युक्रेनको एक बोइङ विमानलाई खसालेको थियो । यसको विरोधमा इरानी जनता आफ्नै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्