नेपाल र चीनबिच भएको पारवहन सम्झौता कार्यान्वयन


काठमाडौँ ,२७ पुस । नेपाल र चीनबिच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ ।

अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको छ । चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्ने वाणिज्य सचिव डा.सचिव वैकुण्ठ अर्यालले बताएका छन् ।

यस्तै रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको र हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसँग व्यापार गर्न सक्ने मन्त्रालयले बताएका छ ।

यस्तै नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जानसक्ने सहमति भएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्