मकवानपुरमा दुर्घटना भारतीय नगरिएको मृत्यु दुई जना घाइते


काठमाडौँ,२५ पुस । मकवानपुरको हेटौडा-भैंसे-पालुङ सडकखण्ड अन्तर्गत भिमफेदीको अगोरमा बा.१ य १२८३ नम्बरको कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको छ भने घाइते दुई जना भारतीय नागरिक रहेको प्रहरीले बताएको छ ।

भिमफेदी गाउँपालिका-९ अगोरस्थित सडकमा शुक्रवार बिहान कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए । घाइते सन्तोषको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइते नागरिकको सोही अस्पतालमा उपचार भइरहेको र कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्