मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिए : इरान सञ्चार माध्यमको दावी


काठमाडौँ, २३ पुस ।  इरानले मङ्गलवार राति अमेरिकी सेना बसेका दुई स्थानमा गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।

इरानका सैन्य कमान्डर कासिम सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले मिसाइल आक्रमण गर्दा ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले सार्वजनिक गरेको हो ।

सुलेमानीको हत्या पश्चात् क्रुद्ध बनेको इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य पनि तोकेको छ । अमेरिकीविरुद्ध आक्रोश प्रकट गर्दै इरानी जनताले राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर तोकेका हुन ।

राष्ट्रपति ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिँदै, अहिलेसम्म सबै ठिकठाक भएको र अमेरिकासँग विश्वकै शक्तिशाली सेना भएको उल्लेख गर्दै, बिहान एक बयान जारी गर्ने सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्