अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई इरानको संसदद्वारा आतंकवादी घोषणा


वसिंगटन, २३ पुस (एजेन्सी) ।  इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी सङ्गठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन समेत गर्ने निर्णय गरेको छ ।

इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै इरानको रिभोल्युसनरी गार्ड्स ९आईआरजीसी० का प्रमुख हुसेन सलामीले भने, ‘सहिद कासिम सुलेमानी अहिले अझ शक्तिशाली भएका छन्‘ अहिले उनको मृत्यु भएको छ ।’

सुनेमानीको शवयात्रामा सहभागीहरू भएका लाखौँ सर्वसाधारणले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा चर्को नाराबाजी गरेका थिए । ‘उनलाई (सुलेमानी) जनताको सेवा गर्न तत्पर महापुरुष मानिन्थ्यो‘। उनको हत्याको प्रतिशोध लिनैपर्छ,’ एक १८ वर्षीय विद्यार्थीले भने । सोमवार सर्वोच्च नेता आयतूला अलि खामनेईले तेहरानमा सुलेमानीको शवयात्रामा प्रार्थना गरेका थिए । उनलाई सुलेमानीको शवपेटिकामा आँसु झार्दै गरेको देखिएको थियो ।

इरानको सरकारी टेलिभिजनले दसौँ लाख मानिसहरू सुलेमानीको शवयात्रामा सहभागी भएको जनाएको छ । मानिसहरूको भिड अन्तरिक्षबाट खिचिएको तस्बिरमा पनि देखिएको छ ।

इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो । त्यसयता सो समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ । कूड्स फोर्स आईआरजीसी अन्तर्गत छ । उसले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ ।

झन्डै ५ हजार जना भएको कूड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो । उनले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्