सुन मूल्यको नयाँ रेकर्ड


काठमाडौँ, २१ पुस । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा आइतबार ७५ हजार ५०० कायम रहेको सुन मूल्य सोमबार ७६ हजार पुगी नयाँ रेकर्ड कायम गरेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य ५०० बढेको हो । पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भए पनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ।

आइतबार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्