कृषि विकास बैँक ह्याकिङ गरी फरार रहेका नेपाल पक्राउ


काठमाडौँ, २० पुस । कृषि विकास बैँकको एक करोड रकमसहित फरार रहेका ४३ वर्षीय मोरङको रङगेली नगरपालिका–२ बस्ने दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

कृषि विकास  बैँकको क्रिडेन्सियल ह्याकिङ गरी फरार रहेका नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो ।

नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैँक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्व नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएको र सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैँक ह्याक गरी रकम निकालेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्