प्रतिनिधिसभा सदस्य साहलाई अदालतको पक्राउ पुर्जी


कपिलवस्तु , १८ पुस । कपिलवस्तु –३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साहलाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ ।

राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रको ज्यान मार्ने उद्योग गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मिश्रले बिहीबार इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएकाले कपिलवस्तु जिल्ला अदालतले सांसद साहबिरुद्ध ज्यान मार्ने उद्योगका पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताएका छन् ।

सांसद साह व्यक्तिगत कामले हाल भारतको लखनउमा रहेकोले पक्राउ गर्नका लागि आवश्यक निकायमा पत्राचारको तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्