कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु


बाजुरा, १७ पुस ।  कर्णाली नदीमा से १ ज १०६४ नम्बरको जिप खस्दा चार जनाको मृत्यु भएको छ ।

बाजुराको हिमाली गाउँपालिका भएको जिप दुर्घटनामा चालक रमेश शाहीसहित चार जनाको ज्यान गएको स्थानीय प्रहरीले बताएको छ ।

जिप धुलाचोरबाट कोल्टी जाने क्रममा दुर्घटनामा परेका चार जना घाइते र एक जना बेपत्ता भएको प्रहरीले बताएका छन् । घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्