एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ


काठमाडौँ, १७ पुस ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार एक किलो सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले मध्याह्न फ्लाई दुबईबाट काठमाडौँ आएका कासिब मोहम्मदको साथबाट सुन सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

महाशाखाको टोलीले नै सुन लिन भारतबाट बिहीबार नै काठमाडौँ ओर्लेका मुस्राफिन मोहम्मदलाई पनि पक्राउ गरेको छ । कासिब मोहम्मदले सुनलाई पगाली प्याकेटमा हालेर तस्करी गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्