अख्तियारले उप–सचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरे


काठमाडौँ , १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप–सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।
घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका उपसचिव रिजाललाई नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा लिएको बताएका छन् ।
दोलखामा प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नो क्षेत्राधिकारभित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोप लागेपछि रिजाललाई काठमाडौँ तानिएको थियो ।

उनले मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधवार २१ हजार रुपैयाँ असुलेको अख्तियारको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्