नवलपुर र कपिलवस्तुका–२ वडा कार्यालयमा आगजनी


नवलपुर, १४ पुस ।  नवलपुर र कपिलवस्तुका–२ वडा कार्यालयमा गए (आइतबार) राति आगजनी भएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गए राति आगजनी भए पनि दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।

आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको छ भने कपिलवस्तुको यशोधरा गाउँपालिका–३ नम्बर वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले बताएको छ ।

कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायले बताएकी छन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्