पुटिनले ट्रम्पलाई आतंकवादी गतिविधि हुन नदिन भूमिका खेलेको भन्दै दिए धन्यवाद


काठमाडौँ, १४ पुस । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार ट्रम्पसँग टेलिफोन कुराकानी गर्दै रसियन भूमिमा आतंकवादी गतिविधि हुन नदिन भूमिका खेलेको भन्दै पुटिनले धन्यवाद दिएका हुन । पुटिनले सो कार्यको लागि अमेरिकाको प्रशंसासमेत गरेका छन् ।

विगतमा दुई शक्तिशाली राष्ट्रका समकक्षीबिच सिरिया र उत्तर अमेरिकाको परमाणु निःशस्त्रीकरणलगायत विषयमा उनीहरूले बारम्बार छलफल गरेका थिए । पुटिन र ट्रम्पको टेलिफोन वार्ता बारे रुसी प्रशासन केन्द्र क्रेमलिनले खुफियामार्फत सार्वजनिक गरेका हुन । तर पनि विस्तृत कुराकानीबारे खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्