काजकस्तानमा विमान दुर्घटना


काठमाडौँ, ११ पुस ।  काजकस्तानमा विमान दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थलबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रवार बिहान दुर्घटनामा परेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विमानमा चालक दलका ५ सदस्य र सवार ९५ यात्रु मध्य ९ जनाको ज्यान गएका छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन । बाक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ यद्यपि आधिकारी दुर्घटनाको आधिकारिक कारण भने खुलेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटना लगत्तै उद्धार कर्मीहरू घटनास्थल पुगेर उद्धार कार्य छ ।

प्रतिक्रिया दिनुहोस्