चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले महावीर पुनलाई भेटे


काठमाडौँ, १० पुस ।  चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र पुगेका छन् ।

कीर्तिपुर स्थित महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा सचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले अवलोकन गरेका छन् ।

च्यङलिङ लोले त्यहाँ निर्माणाधीन विद्युतीय सवारीमा विशेष चासो देखाएका उनले सुझाव दिनुको साथै विद्युतीय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताएका छन् ।

आविष्कार केन्द्रका विद्यार्थीहरूलाई के–के चाहिने हामीलाई लिस्ट दिए हामी त्यो लिस्ट कम्पनीलाई पठाउने बताएका छन् ।
उनले सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्