विश्वभरका आज इसाई धर्मबलम्बीहरु क्रिष्टमस पर्व मनाउँदै


मोरङ, ९ पुस / क्रिस्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता अनुसार आज (बुधवार) विश्वभरका इसाई धर्मबलम्बीहरुले क्रिष्टमस (क्रिसमस) पर्व मनाउँदै छन् ।

विशेष गरी पश्चिमा देशहरूमा क्रिष्टमस पर्व भव्यताका साथ मनाउने गर्छन् तर अहिले नेपालमा पनि यसको रौनक बढ्दै गएको छ । गैर इसाईहरूले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।

क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो । क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रूपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्