बेलबारीमा किराँत समुदायले उद्यौली पर्व मनाए


मोरङ, २७ मङ्सिर / बेलबारीमा किराँत समुदायहरूले धूमधाम उद्यौली पर्व मनाएका छन् । बेलबारी वाड नं. ३ स्थित किराँत राई यायोक्खा र किराँत याक्थुङ चुम्लुङको धार्मिक बनमा बिहीबार उद्यौली पर्व मनाएका हुन ।

राई जातीको धार्मिक वनमा सांस्कृतिक भेषभुषामा भेला भएका राई दाजुभाइ दिदीबहिनीहरूले उद्यौली पूजा गर्दै परम्परागत साकेला नृत्य गरेका थिए । लिम्बु जातीको धार्मिक वनमा पनि सोही अनुसार उद्यौली पूजा सम्पन्न भएको छ । लिम्बुहरूले पूजामा च्यापिरुङ नृत्य गरेका थिए । यसरी नै देश भरी किराँत समुदायले उद्यौली पर्व मनाएका छन् ।

किराँतहरुको धार्मिक पुस्तक मुन्धुममा एउटा समग्र वर्षलाई दुई भागमा विभाजन गरिएको छ, उभौली र उद्यौली । उभौली भन्नाले माथि भन्ने बुझिन्छ भने उद्यौली भन्नाले तल जाने भन्ने बुझाउँछ । चराहरूको बसाइसराइलाई आधार मानेर वर्षलाई दुई भागमा विभाजन गरिएको हो ।

पर्वत शृङ्खलाको को लेक तिर बस्ने किराँत समुदायका मान्छेहरु जाडो यममा बेसी झर्ने र क्रमशः न्यानो बढेसँगै लेक तिर फर्कने क्रमपनि यो चाडको सोचक हो । हरेक वर्षको माग सुक्लपुर्णीमाको दिन उभौली पर्व पर्दछ भने किराँत मान्यता अनुसार हिजोको दिन देखी हिउँद सुरु भएको छ ।

सार्वजनिक स्थलमा भेला भएर परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाइ दिदीबहिनीहरू साकेला नाच्ने चलन छ । ढोल, झ्याम्टा आदी किराँतहरुको पारम्परिक बाजा बजाउँदै साकेला नृत्य गरिन्छ ।

किराँतहरु प्राकृतिक पूजक भएकोले उद्यौली पूजामा विशेष गरी भूमिको पूजा गरेर नयाँ अन्नबाली भित्राउँदै धन्यवाद प्रदान गर्ने गरिन्छ र आउने अन्नबालीको राम्रो उब्जनीको लागि कामना तथा प्रार्थना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्