भाउन्ने यूथ क्लबले देउसी भैलोबाट संकलित रकम विद्यालय र बिरामीलाई सहयोग


मोरङ । भाउन्ने यूथ क्लब, बेलबारी-१० ले देउसी भैलो कार्यक्रम-२०८२ मार्फत संकलित रकमबाट स्थानीय विद्यालय र बिरामीलाई आर्थिक सहयोग गरेको छ।

क्लबले संकलित रकमबाट श्री एकता आधारभूत विद्यालय, बेलबारी-१०, भाउन्नेलाई शैक्षिक सुधारका लागि नियुक्त निजी शिक्षक कृष्ण पराजुलीको एक महिनाको तलबका रूपमा रु. १३ हजार प्रदान गरेको छ । त्यस्तै, लामो समयदेखि कलेजोसम्बन्धी रोगले पीडित बेलबारी-८, राधानगर निवासी डम्बर कुरुङबाङकी श्रीमती तारादेवी कुरुङबाङलाई उपचारका लागि रु. १० हजार सहयोग गरिएको क्लबले जनाएको छ ।

देउसी भैलो कार्यक्रममार्फत क्लबले कुल रु. ७८,६९० (अठहत्तर हजार छ सय नब्बे रुपैयाँ) संकलन गरेको थियो । खर्च कटाएपछि बाँकी रकम क्लबका आवश्यक कार्य तथा अन्य सामाजिक गतिविधिमा प्रयोग गरिने क्लबका अध्यक्ष अमिर मगरले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्