“बेलबारीमा अस्पताल बनाउन केन्द्र सरकार प्रतिबद्ध छ” : स्वास्थ्य मन्त्री ढकाल


मोरङ / बेलबारीमा अस्पताल बनाउने विषयमा केन्द्र सरकार प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाए पछि आफ्नो निर्वाचन क्षेत्र आएका मन्त्री ढकालले डाँगीहाट स्वास्थ्य चौकी बेलबारी ९ द्वारा आयोजित स्वागत कार्यक्रममा सो कुरा बताएका हुन ।

उनले भने, “बेलबारीमा एउटा अस्पताल बनाउने कुरामा केन्द्र सरकार प्रतिबद्ध रहेको छ ।” भोलिको दिनलाई हेरेर संरचना निमार्ण गर्नु पर्ने सुझाव दिँदै, अस्पताल बनाउने ठाउँ चाँडो तयार पार्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्य मामलामा सिद्धान्तको कुरा भन्दा जनतालाई अनुभूति हुने खालको स्वास्थ्य सेवा दिलाउने काम गर्ने बताए । उनले भने, ‘कार्यक्रम बनाएर आनुहोस, त्यो कुरा लागु हुन्छ । औषधी, सेवा सुविधा, अन्य क्षेत्र विस्तार गर्ने खालको विषयहरूमा पनि आग्रह गर्न चाहन्छु, गर्नु पर्छ जनतालाई सेवा दिनु पर्छ ।’

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री ढकालले, कानुन बनाउने जिम्मेवारी कुसल्ता पूर्वक सम्पन्न गरे पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी नेतृत्वले विश्वासको साथ प्रदान गरेको बताएका छन । उनले भने, ‘मुलुकमा बहुतै अप्ठ्यारो काम कानुन बनाउनु थियो । संविधान बनाए पछि १ वर्ष भित्र मौलिक हक सम्बन्धी कानुन बनाउने कार्यमा चुनाव भएको एक वर्ष भित्र, संविधान र सङ्घीयता प्रतिकूल भएका कानुनलाई अनुकूल बनाउनु पर्ने जिम्मेवारी कुसल्ता पूर्वक सम्पन्न गरे पछि मलाई सरुवा गरेर पठाएको हो ।’मन्त्री ढकालले १६ महिनाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा सुकुम्वासीहरूको समस्या समाधान गर्ने भूमि सम्बन्धी ऐन बनाइ सके पछि मात्र जिम्मेवारी परिवर्तन भएको जनाएका छन् ।

स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको हुनाले मान्छेहरूलाई व्यापार गर्नको लागि सहज बन्दै गएको मन्त्री ढकाल बताऊ छन् । कमिसन र भ्रष्टाचारको कारण स्वास्थ्य संस्था बिग्रिने भएकोले त्यसको अन्त्य गर्ने उनले बताएका छन् । मन्त्री ढकालले जिम्मेवारी पाएको दिन देखी माथिबाट हुने भ्रष्टाचार समाप्त भएको जनाए । उनले भने, ‘सबै ठाउँमा नभए पनि माथिका मान्छेहरु संलग्नता भएर हुने अनियमितता र भ्रष्टाचार समाप्त भएको छ अब त्यो माथिबाट क्रमशः तल सम्म आउँछ ।’

औषधीको मोलतोल गर्ने, औजार खरिदमा कमिसन खाने, विदेशी डोनरहरुलाई आफ्नो बनाएर सेवा भन्दा बेसी अन्तर्रा्ष्ट्रिय सेमिनार र गोष्ठीमा जाने प्रचलनलाई थितिमा ल्याउने र नीतिबाट सञ्चालन गर्ने बताएका छन् । ३ महिना देखी ६ महिना सम्ममा जनताहरूले पुरै स्वास्थ्य सुध्रिने सङ्केत देखिने गरी काम गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्