१८ करोड का अभियत्त १२ लाख धरौटीमा छुटे


दाङ, १९ मङ्सिर ।  उच्च अदालत तुलसीपुर दाङले वेष्टर्न डेभलमेन्ट बैङ्क नारायणपुर शाखाका सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी र सदस्य अर्जुन बुढाथोकी धरौटीमा रिहा भएको छ ।

१८ करोड रुपैयाँ हिनामिनाको अभियोगमा मुद्दा झेलिरहेका सञ्चालन समिति अध्यक्ष ओमभक्त र सदस्य अर्जुनलाई बुधवार १२ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

प्रहरीले दुई महिना लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएपछि कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको छ । सञ्चालक समिति अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी फरार सूचीमा भए पनि दुवै जना अदालतमा उपस्थित भएका थिए ।

प्रकरणमा ६ जना बैङ्क सञ्चालक, सिइओ, कर्मचारी, ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ । बैङ्कका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्