गगन थापाको निवासमा आगजनी


काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शनरत नयाँ पुस्ताका (जेनजी) युवा आन्दोलनकारीहरूले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले काठमाडौँको रातोपुलस्थित गगन थापाको घरमा रहेको गाडीमा आगो लगाएका थिए। यस घटनाले राजधानीमा सुरक्षा चुनौती र राजनीतिक तनाव बढाएको छ।

प्रहरीले तत्काल घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ भने थप विवरण सङ्कलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्