रेड स्टार फुटबल क्लब ‘प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता’ को विजेता


बेलबारी, मोरङ । ‘प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता–२०८२’ को उपाधि रेड स्टार फुटबल क्लब, बिर्तामोड झापाले जितेको छ। शनिवार बेलबारी नगरपालिका–३ स्थित प्रस्तावित बेलबारी रंगशालामा सम्पन्न फाइनल खेलमा आयोजक टोली बेलबारी ‘ए’ लाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो।

बेलबारी फुटबल क्लबको आयोजनामा प्रतियोगिता जेष्ठ २४ गतेदेखि सुरु भएको थियो भने शनिबार फाइनल खेल सम्पन्न भएको हो। निर्धारित समय खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो।

झापाका तर्फबाट श्याम मुरमुर, प्रदीप बुढाथोकी, विक्रम तामाङ, रोमन भुजेल र देवेन्द्र तामाङले ट्राइब्रेकरमा गोल गरे। बेलबारी ‘ए’ का अभिषेक गुरुङ, दिवस उराउ र विवेक पौडेलले गोल गरे भने मौसम लिम्बुको प्रहार असफल भएको थियो।

विजेता रेड स्टार क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. २ लाख २ हजार २ सय २२ गरेको छ भने उपविजेता बेलबारी ‘ए’ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु. १ लाख १ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरे।

खेलको म्यान अफ द म्याच झापाका पेमा तामाङ घोषित भए, जसले नगद रु. २ हजार ५ सय ५ प्राप्त गरे। वेस्ट कोचमा झापाका भुपिन लिम्बु, वेस्ट डिफेन्स देवेन्द्र तामाङ, वेस्ट गोलकिपर विवेक मगर, सर्वाधिक गोल गर्दा निमा तामाङ घोषित भएका छन् । उनीहरूले जनही रु.५ हजार ५ रुपैयाँ प्राप्त गरेका छन् । वेस्ट फरवार्डमा बेलबारीका आशिस चापागाईँ, वेस्ट मिडफिल्डर विवेक पौडेल र राइजिङ खेलाडी अजय परियार घोषित भए । उनीहरूले जनही रु.५ हजार ५ रुपैयाँ प्राप्त गरेका छन् ।

वेस्ट प्लेयर अफ द टुर्नामेन्ट झापाका खेलाडी श्याम मुरमुर घोषित भएका छन् । मुरमुरले रु.११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको समापन समारोह कोशी प्रदेशका मुख्य मन्त्री हिक्कमत कार्कीले गरेका थिए । यस विवरण अनुसार समाचार बनाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्