बेलबारीमा प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने


बेलबारी । बेलबारीमा प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । यही जेष्ठ २४ गतेदेखी बेलबारी नगरपालिका वडा नं.३ स्थित बेलबारी खेलमैदानमा हुने भएको छ।

प्रतियोगिताबारे बेलबारी फुटबल क्लबले मङ्गलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा ‘ए’ समूहमा आयोजक टिम बेलबारी फुटबल क्लब ‘ए’, इनरुवा फुटबल क्लब, योङ्ग ब्रदर्स क्लब इटहरी, केराबारी फुटबल क्लब र समूह ‘बि’ मा डाँडाबजार फुटबल क्लब, रेड स्टार फुटबल क्लब बिर्तामोड झापा, आयोजक टिम बेलबारी फुटबल क्लब ‘बि’ र आर.आई.एफ.सी काठमाडौँ गरी जम्मा ८ टिम रहेका छन् ।

उद्घाटन खेल आयोजक टिम ‘ए’ र इनरुवा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने छ। फाइनल खेल ३१ गते शनिवार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि पत्रकार सम्मेलनमा स्व.रमेश लामाका पत्नी साबित्रा राई तामाङले रु.२ लाख प्रदान गरेकी छिन।

साथै बेलबारी नगरपालिका कार्यालयबाट रु.३ लाख सहयोग हुने आयोजकले जनाएका छन्। प्रतियोगिताको विजेताले रु.२ लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेताले रु.१ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनका कार्यक्रम सञ्चालक जनक पोखरेलले जनाए।

प्रतिक्रिया दिनुहोस्