जेबी थुलुङको “सोई ढोले सोई” सार्वजनिक


बेलबारी । लेखक तथा सङ्गीतकार जेबी थुलुङको “सोई ढोले सोई” गीत सार्वजनिक भएको छ । थुलुङको शब्दमा रहेको साजन राई र कल्पना राईको स्वरमा “सोई ढोले सोई” सार्वजनिक भएको हो ।

किराँत समुदायको उभौली पर्व आएसँगै “सोई ढोले सोई” सार्वजनिक भएको छ । जस कारण गीतले थप आकर्षण पाएको छ । ५ दिन अगाडी गायक तथा सङ्गीतकार साजन राईको अफिसियल युबटुब च्यानलमा सार्वजनिक भएको उक्त गीत हजारौँले हेरिसकेका छन् ।

किराँत संस्कृतिमा केन्द्रित रही उँधौली, उभौली पर्वसँगै साकेला शिल्ली बारे गीतको शब्दले अर्थाउँछ । सङ्गीत कुन्दन राईको रहेको थुलुङ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्