क्यानडा पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गर्ने झापा हाल्दिबारीका बलराम भट्टराई पक्राउ


काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापा हाल्दिबारी गाउँपालिका–१ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले एक जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटेलमा मासिक ४ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई हिजो (शुक्रवार) काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्