४७ किलो चाँदीसहित तीन जनालाई पक्राउ


काठमाडौँ । ४७ किलो चाँदीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा राखिएको ४७ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको भोटेबहाल, कोटेश्वरलगायतका ठाउँहरूमा राजश्व छलेर ल्याइएका चाँदीसहित बाराको कलैया नगरपालिका १० का ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगञ्ज महानगरपालिका ३ का ३२ वर्षीय सुमनकुमार सरार्फ र बाराको विश्रामपुर गाउँपालिका ५ का २० वर्षीय मनिष सरार्फलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्