परिणितीले नखेल्ने भए अजयको फिल्म ‘भिजुः दि प्राइड अफ इन्डिया’


बलिउड हिरो अजय देवगणले निमार्ण गर्ने फिल्म ‘भिजुः दि प्राइड अफ इन्डिया’ मा नायिका परिणिती चोपडाले नखेल्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

परिणितीले साइना नेहावालको बायोपिक चलचित्रमा काम गर्ने चाहना रहेकोले अजयले तयारी गरिरहेको चलचित्रबाट हात झिकेकी हुन ।

परिणितीले चलचित्रको लागि धेरै समयदेखि मिहिनेत गरिरहेकी छिन् । ब्याडमिन्टन खेलाडी साइनाको बायोपिकमा काम गर्नको लागि परणितिले लामो समयदेखि यो खेल पनि सिकिरहेकी छिन ।

चलचित्र भाजुमा परिणितीको भूमिका दमदार हुनुको साथै चलचित्रमा सञ्जय दत्त, अजय देवगण, सोनाक्षी सिंहा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्