काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय’ आएपछि सबैको गलत समय आउने भन्दै कोही पनि उम्किने सपना नदेख्न चेतावनी दिएका छन् ।आइतबार फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, “सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।”

प्रधानमन्त्रीको यो अभिव्यक्ति कुनै व्यक्ति, समूह वा घटनालाई लक्षित गरेर आएको हो भन्नेबारे भने उनले खुलाएका छैनन् । स्टाटसमा प्रसङ्ग, पृष्ठभूमि वा थप व्याख्या नदिइएकाले यसको लक्षित पक्षबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।
छोटो शब्दमा व्यक्त गरिएको यो सन्देशलाई कतिपयले सम्भावित कारबाही वा जबाफदेहितासँग जोडेर व्याख्या गर्न सक्ने भए पनि प्रधानमन्त्रीले त्यसबारे औपचारिक रूपमा केही बताएका छैनन् । प्रधानमन्त्रीको भनाइको वास्तविक आशय र यसले संकेत गरेको विषय आगामी दिनमा उनको निर्णय, सरकारी कदम वा थप स्पष्टीकरणबाट खुल्दै जानेछ ।


