बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर


सुनसरी । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्र प्रसाद (बीपी) दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले दाससहित तत्कालीन अस्पतालका निर्देशक डा. अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई दोषी ठहर गर्दै एक वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको छ ।

अन्य पाँच जनाले सफाइ पाएको अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । सफाइ पाउनेमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, उपप्रबन्धक अमित श्रीवास्तव, बायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल, सर्जिकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवाल छन् ।

प्रतिक्रिया दिनुहोस्