भारतमा ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित : २४ घण्टामा १० हजार सात सय ५३ जना थपिए


नयाँ दिल्ली । भारतमा ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित भएका छन् । बितेका २४ घण्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो भने शुक्रवार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ ।

बितेका २४ घण्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्