उद्योग वाणिज्य संघ बेलबारीको साधारणसभा वैशाखमा हुने


बेलबारी । उद्योग वाणिज्य संघ बेलबारीको पहिलो साधारण सभा हुने भएको छ । आउँदो वैशाख २३ गते साधारण सभा हुने भएको हो ।

संघका अध्यक्ष तथा बेलबारी वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा बुधवार बसेको बैठकले संघको साधारण सभाको मिति तोकेको हो । बैठकले आगामी २०८० साल वैशाख २३ गते साधारण सभाको मिति तोकेको हो । बेलबारी व्यापार प्रबन्ध समितिको नाममा सञ्चालित समिति २०७६ साल चैत्रमा उद्योग वाणिज्य संघ बेलबारीमा रूपान्तरण भएको थियो ।

१० वर्ष अघि तत्कालीन बेलबारी व्यापार प्रबन्ध समिति रहेकै बेलामा साधारण सभा भएपश्चात् अहिलेसम्म संघको साधारण सभा हुन सकेको थिएन । आगामी चैत्र १५ गतेसम्म व्यवसायीहरूले आफ्नो फर्म संघमा दर्ता गर्न र दर्ताका लागि स्थायी लेखा नम्बर अनिवार्य राख्न अनुरोध गर्ने निर्णय भएको संघका महासचिव विवेक मिश्रले बेतनाले जानकारी दिए । उनका अनुसार संघका हाल बेलबारीका ७ सयको हाराहारीमा व्यवसायीहरू आबद्ध रहेका छन् ।

समयमा साधारण सभा नहुँदा र व्यवसायीहरूको पिरमार्का नबुझेको भन्दै व्यवसायीहरूले नै संघको चर्को आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्