सुन्दरहरैँचामा गजल महफिल तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न


बेलबारी, ६ कार्तिक । मोरङको सुन्दरहरैँचामा बृहत् गजल महफिल २०७९ तेस्रो शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुन्दरहरैँचा साइकल राइडर्स क्लबको आयोजनामा सम्पन्न भएको हो ।

सुन्दरहरैँचा १० मा रहेको उद्योग वाणिज्य सङ्घको सभा हलमा सम्पन्न गजल महफिल कार्यक्रममा गजलकारहरू शीतल कादम्बिनी, विवश बलिभद्र कोइराला, ईश्वर दाहाल र तथा यादव भट्टराईलाई प्रस्तुत गरिएको थियो । चारै जना गजलकारले आ–आºना सुन्दर गजल पस्केका थिए ।

सुन्दरहरैँचा नगर पालिकाका मेयर केदार गुरागाईँले उद्घाटन गरेको कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, बेलबारी साहित्य विकास समितिका वरिष्ठ उपाध्यक्ष रमेश निरौला, स्रष्टाहरू रोमु अधिकारी, किशोर कोइराला, बिन्दु दाहाल मूकदर्शक, युवराज ठकुरी लगायतका दर्जनौँ स्रष्टा तथा लेखकको उपस्थिति रहेका थिए ।

उक्त कार्यक्रममा साहित्यको उत्थान र जगेर्नाका निमित्त आफ्नो स्वार्थभन्दा माथि उठेर अनवरत रूपमा भाषा साहित्य कला क्षेत्रमा अहोरात्र लागिपर्ने साहित्यकार छवि वैरागी घिमिरेलाई नगद ७५,५०१ सहित ताम्र पत्रले सम्मान गरिएको थियो ।

 

कार्यक्रममा चारै जना गजलकारलाई कदर पत्रले सम्मान गरिएको थियो । खेमराज दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने गजलकार आँचलकुमार शर्माको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्