वैशाली लामालाई डोएट गीत गाउने राजेश पायल राईको प्रस्ताव


काठमाडौं, १७ कार्तिक । चर्चित गायक राजेश पायल राईले द भ्याइस अफ नेपालबाट बाहिरिएकी वैशाली लामालाई डोएट(युगल)  गीत गाउने प्रस्ताव गरेका छन् । द भ्याइस अफ नेपालको नकआउट चरणको शनिबारको एपिसोडबाट बाहिरिएकी लामालाई सामाजिक सञ्जालमा मार्फत युगल गीत गाउने प्रस्ताव गरेका हुन् ।

अमेरिकामा रहेको गायक राईले नेपाल चाँडै फर्किन्न लागेको बताउँदै नेपाल आएपछि लामासँग गीत गाउन चाहेको बताए । उनले वैशाली लामा बाहिरिन्दै गर्दा बोलेको भिडियो सेयर गर्दे लेखेका छन्,‘द भ्यासस अफ नेपाल आज हेर्ने मौका मिल्यो म नेपाल चाँडै आउँदैछु, उनिसँग अबसर मिले युगल गीत सेयर गर्नेछु ।’ गायक राई सांगतिक कार्यक्रमको शिलशिलामा दुई महिनादेखि विदेश रहेका छन् ।

यस्तै उनले ‘द भ्याइस अफ इन्डिया’को सिजन २ को ब्याटल राउन्डमा लामाले गाएको गीत समेत सेयर गरेका छन् । दार्जिलिङको लामा ‘द भ्याइस अफ इन्डिया’को सिजन २ मा तेस्रो चरणसम्म पुगेकी थिइन् ।

‘द भ्याइस अफ नेपाल’मा कोच राजु लामाको टिममा रहेको उनी नकआउट चरणबाट बाहिरिएकी हुन् । नककाउट चरणमा उनीसहित दार्जिलिङका आंकाक्षा थापा र सिकिम्मका गिता शर्मा प्रतिष्पर्धामा थिए । कोच राजुले लाइभ राउण्डका लागि गिता शर्मालाई अगाडि बढाएका थिए ।

उनीहरुको प्रस्तुतिपछि उनलाई कोच दिप श्रेष्ठ मन पराएको थिए । भने बाहिरिएका बैशाली र आँकाक्षासँग कोच दीपले डोइट गीत गाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । आंकाक्षालाई कोच प्रमोदले रोजेका थिए ।

उनले बाहिरिएपछि ‘भ्याइस अफ नेपाल’ आफनो सांगतिक क्षेत्रमा पुनरागमन भएको बताएकी थिइन् ।

https://youtu.be/6eLPyvkf6gI

प्रतिक्रिया दिनुहोस्