बेलबारीमा आज दीपक लिम्बुको दीपावली साङ्गीतिक कार्यक्रम


बेलबारी, ११ कार्तिक / मोरङ बेलबारीमा नेपाली तारा पहिलो सिजनका विजेता गायक दीपक लिम्बुको साङ्गीतिक कार्यक्रम आज (सोमबार) हुने भएको छ ।

शुभ दिपावालीको अवसरमा डाँगिहाट फुटबल क्लब, बेलबारीको आयोजनामा दीपावली हङ्गामा साङ्गीतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रम बेलबारी १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रङ्गशालामा हुने आयोजकले जनाएको छ । कार्यक्रममा दीपक लिम्बुको प्रमुख प्रस्तुति रहने छ भने स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

शुभ दीपावली सामूहिक रूपमा मनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । कार्यक्रम साँझ ५ बजे देखी सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्