लक्ष्मीको प्रस्तुतिमा रमायो बेलबारी : लक्ष्मीद्वारा भोटको अपिल


बेलबारी, २९ फागुन । नेपाल आइडल सिजन ४ मा फाइनललिस्ट लक्ष्मी पौडेलको प्रस्तुतिमा सिङ्गो बेलबारीवासी रमाइरहेका छन् । बेलबारी वडा नं. ३ स्थित ड्रिम लेन्ड फन पार्कमा पनि आइतबार लक्ष्मीले आफ्नो प्रस्तुतिबाट सबैलाई नचाइन ।

लक्ष्मीको गायिका प्रतिभाबाट उनलाई विजेता बनाउन चाहने समर्थक दैनिक बढी रहेका छन् । एप.वान टेलिभिजनको माध्यबाट मात्र प्रस्तुति हर्नेहरूको लागि आइतबार भने प्रत्यक्ष लक्ष्मीको प्रस्तुति हेर्ने अवसर बनेको थियो। आइतबार बेलबारी जेसिजको आयोजनामा लक्ष्मीको प्रमुख प्रस्तुतसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी लक्ष्मीलाई जिताउने अभियानका साथ सांस्कृतिक कार्यक्रम गरिएको अध्यक्ष नवराज सुवेदीले बताए ।

कार्यक्रममा प्रस्तुतसँगै जिताउन लक्ष्मीले भोटको अपिल गरिन । कार्यक्रममा गायक सञ्जीव धिमालसँगै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । यस बेला लक्ष्मीलाई नेपाल आइडल सिजन ४ को विजेता बनाउन सिङ्गो बेलबारी नै लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस्