रहेनन् कलाकार तथा लोक गायक जयनन्द लामा


मोरङ, ११ फागुन । वरिष्ठ कलाकार एवम् लोक गायक जयनन्द लामाको निधन भएको छ । लामो समयदेखि लोक गीत– सङ्गीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका लामाको आज बिहान २ बजे निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा लामो समयदेखि गीत सङ्गीत तथा अभिनयमा क्षेत्रमा आबद्ध रहँदै आएका थिए । उनले दर्जनौँ चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चामा रहेका छन् ।

यद्यपि पारिवारिक स्रोतले भने यसको पुष्टि गरिसकेको छैन । तर उनका साथीहरूले भने लामाको निधन भएको पुस्टी गरिसकेका छन् । हास्य कलाकार शिवहरि पौडेलले भने लामाको निधन आज (बुधवार) बिहानका राति २ बजेतिर भएको जानकारी बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘स्तब्ध छु मेरो प्यारो जयनन्द लामा दाजु, सधैँ सम्झिरहनेछौँ हजुरलाई । योभन्दा बढी केही लेख्नै सकिन् । हे भगवान् के भयो यो ।’

प्रतिक्रिया दिनुहोस्