भौतिक रूपमा विद्यालय खुलाउने बारे सरोकारवालाहरूसँग छलफल गर्दै विराटनगर नगरपालिका


विराटनगर, १४ भाद्र । विराटनगरपालिकाले कोभिडका कारण लामो समय देखि बन्द रहेका विद्यालयहरु भौतिक रूपमै खुलाउने बारेमा विषय विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श सुरु गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा परामर्श सुरु गरेका हुन् । 

नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा विराटनगर महानगर भरिका विद्यालयका सञ्चालक, अभिभावक सङ्घका प्रतिनिधि तथा प्रध्यानाध्यापकहरुको सहभागिता रहेको थियो । प्रधान्याध्यापकहरुको  जोड भने स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा रहेको छ ।कोभिड कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिकरुपमा भइरहेको अनलाइन कक्षाहरूले बालबालिकामा पारेको नकारात्मक प्रभावका विषयमा समेत चिन्ता व्यक्त गरिएको छ । 

छलफलमा उठेका कुराहरूलाई सम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधार गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराईको संयोजकत्वमा ७ सदस्य समिति समेत बनाइएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्