अफगानिस्तानमा रहेका नेपालीलाई चाँडो उद्वार गर्न सरकारलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन


काठमाडौँ, ३१ श्रावण । अफगानिस्तानमा रहेका नेपालीलाई चाँडो उद्वार गर्न संसदको अन्तर्राष्ट्रिय समितिले सरकारलाई निर्देशन दिएको छ । अमेरिका, बेलायत, जर्मनी भारत लगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेकाले नेपालले पनि आफ्ना नागरिकलाई चाँडो उद्वार गर्नु पर्ने भन्दै सरकारलार्ई निर्देशन दिएको हो । 

अरू देशले आफ्ना नागरिकहरूको उद्वार गरिरहँदा नेपालसँग भने आफ्ना नागरिकलाई फर्काउने त कुरा त छाडौँ नेपाल सरकारले त्यहाँ कति नेपाली छन् भन्ने तथ्याङ्कसमेत सङ्कलन गर्न सकेको छैन ।

यतिखेर अफगानिस्तानको राजधानीसमेत तालिबानले नियन्त्रणमा लिइसकेको छ । त्यहाँ रहेका आफन्तहरू यतिखेर कुन अवस्थामा छन् भन्ने कुरा जान्न नेपालमा रहेका आफन्तहरू लालायित छन् । सरकारले भने बल्ल अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्क आउन आग्रह गरेको छ । अफगानिस्तानमा कति नेपाली छन् भन्ने सरकारसँग न तथ्याङ्क छ न भरपर्दो योजना नै छ ।

वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तान कार्यालय सहयोगी, चालक, सुरक्षा गार्ड लगायत क्षेत्रका साथै युरोपेली युनियन, राष्ट्रसङ्घ, विश्व बैङ्क, बेलायती दूतावास, अमेरिकी दूतावास लगायत सङ्घसंस्थामा नेपाली कार्यरत छन् । यति लामो समयसम्म सरकारले पूर्णता नपाउँदा कुटनैति रूपमा सम्पर्क स्थापित गर्न कठिन भइरहेको कर्मचारीले बताउने गरेको छन् । 

प्रतिक्रिया दिनुहोस्